काठमाडौं । नेपाली बजारम आज सुन चाँदीको मूल्य उकालो लागेको छ । बुधबारको तुलनामा छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेर आज प्रति तोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी आज तेजावी सुन प्रति तोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भइ प्रति तोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।