काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले धेरै संख्यामा कर्मचारीको माग गरेको छ । लघुवित्तले उप प्रदेश प्रमुखमा बरिष्ठ अधिकृत र अधिकृतका लागि केही, अनुगमन अधिकृतमा बरिष्ठ अधिकृत अधिकृतका लागि केही, एसिसिए वा सेमी क्वालीफाइड सिएमा अधिकृत र सुपरभाईजरका लागि केही, निक्षेप सम्बन्ध प्रबन्धकमा अधिकृत कनिष्ठ अधिकृत सुपरभाईजर सहायकका लागि केही संख्याममा कर्मचारीको माग गरेको हो ।
यी पदका लागि लघुवित्तले शैक्षिक योग्यता विभिन्न विषय लिएर प्लस टु उर्तिण देखि स्नातक उर्तिण गरेको तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ १८ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।