काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।कम्पनीले ३४ लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि गत बैशाख २८ गते निवेदन दिएको हो ।
कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।