सिटिजन्स बैंकले माग्यो धेरै पदका लागि कर्मचारी, कहिलेसम्म दिने दरखास्त ?

काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले इन्फरमेसन टेक्नोलोजीमा डेपुटि म्यानेजर हेड आइटीका लागि १ जना, कोर बैंकिङ एप्लीकेशनमा असिस्टेन्ट म्यानेजरका लागि १ जना र जुनियर अफिसरका लागि केही, सफ्टवेर प्रोगामरमा सुपरभाइजर र असिस्टेन्टका लागि केही संख्यामा, एमआइएस डेपलपरमा सुपरभाइजरका लागि केही, स्टिम यूनिटमा सुपरभाइजरका लागि केही, आइटी सपोर्टका लागि केही र ब्रान्च म्यानेजरमा सिनियर अफिसर, अफिसर र जुनियर अफिसरका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो हेड अफिस तथा उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ ८ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार