Connect IPS
IME Life

कस्तो बन्ने छ मर्जर पश्चात हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिने भएका छन् । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई छोटो समयमै २ अर्ब ५० करोड चुक्ता पुँजीको लक्ष्य दिएकोमा धेरै निर्जीवन बीमा कम्पनीहरु प्रेसरमा परेका छन् । त्यही कारणले अहिले बीमा कम्पनीहरुमा मर्जरको मौसम सुरु भएको छ। हालै तीन जीवन बीमा कम्पनीहरुले पनि मर्जरको सम्झौता गरेका छन् ।

हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रहेको छ भने एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रहेको छ। (आर्थिक वर्ष ७७/७८ मा कम्पनीले वितरण गर्ने ६ प्रतिशत बोनस शेयर पश्चात ) छ । यदी दुवै कम्पनीहरु १ बराबरको १ को स्वापमा मर्जरमा गएको अवस्थामा मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड हुन्छ । दुवै कम्पनीलाई त्यस पश्चात बीमा समितिले तोकेको न्युनतम चुक्ता पुँजीको लागि ३ प्रतिशत पुँजी पुग्दैन जो कम्पनीको आर्थिक वर्ष ७८/८९ को  बोनस शेयर मार्फत पुरा गर्न सम्भव देखिन्छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको तेश्रो त्रैमासलाई आधार मान्दा मर्जर पश्चात कम्पनीको जगेडामा ५६ करोड ५ लाख, बीमा कोषमा १ अर्ब १३ करोड र महाविपत्ती जगेडामा १ करोड ९० लाख संचित हुने देखिन्छ ।

चालु आवकै ९ महिनालाई आधार मान्दा दुवै कम्पनीले कुल २ अर्ब १९ करोड बीमा शुल्क आर्जन गरेका छन् ।  त्यस्तै यही तेश्रो त्रैमासको तथ्यांकलाई आधार  लिँदा मर्जर पश्चात कम्पनीको नाफा २१ करोड ६४ लाख, वार्षिक प्रति शेयर आम्दानी ११ दशमवल ८८ रुपैयाँ र किताबी मूल्य १७० रुपैयाँ ७१ पैसा देखिन्छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS