काठमाडौं । नागरिक लगानी कोष (सिआइटी) ले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कोषले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मकोे वित्तीय विवरण अनुसार गत वर्षभन्दा यो वर्ष खुद नाफा सामान्य रुपमा बृद्धि भएको हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ५९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा ४.१७ प्रतिशतले बढि रहेको छ । यस अवधिमा कम्पनीको व्याज आम्दानी ११.६२ प्रतिशतले बृद्धि भएको छ भने कुल आम्दानी ३.५० प्रतिशतले बृद्धि भएको छ । साथै कम्पनीको कुल खर्च ०.९३ प्रतिशतले बढेको हो ।
कम्पनीको चुक्ता पूँजी ९ प्रतिशतले बढेको छ भने जगेडा कोष ५३.०७ प्रतिशतले बढेको छ । तर कम्पनीको प्रतिशेयर आम्दानी भने ओरालो लागेको छ । प्रतिशेयर आम्दानी १ रुपैयाँ १७ पैसा घटेर २५ रुपैयाँ १५ पैसा कायम भएको छ ।