IME Life
Beema Board

राष्ट्रिय बीमा कम्पनीको नाफा २६% ले बढ्यो, खुद बीमा शुल्क आर्जन २४ करोड ५३ लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीले सबै वित्तीय सूचकमा राम्रो प्रगति गरेको देखिएको छ । कम्पनीको अधिकांश वित्तीय सूचक बढेका छन् ।

कम्पनीले यस अवधिसम्ममा ३४ करोड २६ लाख ८९ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा २६ दशमलव ४१ प्रतिशतले बढी हो ।

Prabhu
Crest

२६ करोड ६६ लाख ३९ हजार रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३ अर्ब १० करोड ३३ लाख रुपैयाँ संचिती रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको हो ।

यस समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब ६० करोड १५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले २४ करोड ५३ लाख ८७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ३७ लाख २१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन समान्य बृद्धि भएको हो ।

यस अवधिमा कम्पनीले ३ करोड २४ लाख ६८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी रकम घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७१ रुपैयाँ ३६ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात १३३.०५ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १३४५ रुपैयाँ ०८ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS