IME Life
Beema Board

एशियन लाइफको नाफामा सामान्य बृद्धि, जीवन बीमा कोषमा ३० अर्ब ९८ करोड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १८ करोड ४० लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा १८ करोड २१ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा १ प्रतिशतको वृद्धि देखिएको छ ।

कम्पनीले ९ महिनाको अवधिमा ५ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन १२ दशमलव ४६  प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब ६३ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो।

Prabhu
Crest

२ अर्ब ५३ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४२ करोड ८२ लाख रकम छ भने जीवन बीमा कोषमा ३० अर्ब ९८ करोड रकम रहेको छ । जीवन बीमा कोष २१ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ९ रुपैयाँ ६६  पैसा छ भने प्रति शेयर नेट्वर्थ १२१ रुपैयाँ ५७ पैसा छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS