IME Life
Beema Board

सूर्या लाइफको खुद बीमा शुल्क आर्जन १०%ले बढ्यो, जीवन बीमा कोषमा १३ अर्ब ३५ करोड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १५ करोड ६ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा २४ करोड ४८ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा  ३८ प्रतिशतको गिरावट आएको छ।

कम्पनीले ९ महिनाको अवधिमा ३ अर्ब ६७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।  कुल बीमा शुल्क आर्जन ११ दशमलव ९४  प्रतिशतले वृद्धि भएको छ।  आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब २८ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो।

Prabhu
Crest

कम्पनीले समिक्षा अवधिमा ३ अर्ब ५८ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १० प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले ७२ करोड ९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५० करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

२ अर्ब ५५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ५९ करोड ४६ लाख रकम छ भने जीवन बीमा कोषमा १३ अर्ब ३५ करोड रकम रहेको छ । जीवन बीमा कोष ३३ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ७ रुपैयाँ ८८ पैसा छ भने प्रति शेयर नेट्वर्थ १२० रुपैयाँ ३१ पैसा छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS