IME Life

प्राइम लाइफको जीवन बीमा कोषको आकार २५% ले बढ्यो, खुद नाफामा भने गिरावट

SPIL
NIC ASIA

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा २२ करोड ८६ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा  १७ प्रतिशतको गिरावट आएको छ।

कम्पनीले ९ महिनाको अवधिमा ३ अर्ब ५५ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।  कुल बीमा शुल्क आर्जन १३ प्रतिशतले वृद्धि भएको छ।  आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ११ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो।

Prabhu
Crest

कम्पनीले यस अवधिमा ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

२ अर्ब ७७ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ५० करोड ५४ लाख रकम छ भने जीवन बीमा कोषमा १७ अर्ब ६३ करोड रकम रहेको छ।  जीवन बीमा कोष २५ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ९ रुपैयाँ ०९ पैसा छ भने प्रति शेयर नेट्वर्थ १२४ रुपैयाँ ५४ पैसा छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS