Connect IPS
IME Life
Beema Board

रिलायन्स लाइफको मुनाफा ८२ प्रतिशतले बढ्यो, सम्पुर्ण सूचकमा उल्लेख्य सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन १५ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा कम्पनीले २ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ८४ करोड थियो ।

त्यस्तै मुनाफा पनि ८२ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाशिक अवधिमा कम्पनीले १२ करोड ४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ६ करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । खुद दाबी भुक्तानीमा पनि उल्लेख्य बृद्धि भएको छ । कम्पनीले समिक्षा अवधिमा मात्रै ५४ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अभिकर्ताले यस अवधिमा ३३ करोड ९० लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् ।

Prabhu
Crest

कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ करोड ३७ लाख रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोषमा तीन अर्ब ६७ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षमा २ अर्ब २६ करोड रुपैयाँ थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS