IME Life
Beema Board

स्वास्थ्य बीमा कार्यक्रमः मधेशको अवस्था कर्णाली भन्दा पनि खराब

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सरकारको महत्वकांक्षी सामाजिक सुरक्षा कार्यक्रमको रुपमा रहेको स्वास्थ्य बीमा कार्यक्रममा मधेश प्रदेशको सहभागीताको स्थिति कर्णाली प्रदेशभन्दा पनि कमजोर रहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्दै आएको स्वास्थ्य बीमा बोर्डको सूचना पाटी अनुसार कर्णाली प्रदेशको कूल जनसंख्याको १७.३१ प्रतिशत स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत समेटिएका छन् । तर मधेश प्रदेशको कूल जनसंख्याको ५.४८ प्रतिशत मात्र स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत समेटिएको अवस्था छ ।

Prabhu
Crest

स्वास्थ्य सेवामा पहुँचको दृष्टीकोणले कर्णाली देशकै दुर्गम क्षेत्र मानिए पनि मधेश प्रदेशको तुलनामा धेरैले स्वास्थ्य बीमा कार्यक्रममा सहभागीता जनाएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार कर्णाली प्रदेशबाट ३ लाख १५ हजार ७ सय १८ स्वास्थ्य बीमा कार्यक्रममा दर्ता भएका छन् । मधेश प्रदेशबाट दर्ता हुने जनसंख्या ३ लाख ४५ हजार ५ सय १२ रहेको छ । संख्यात्मक हिसाबमा मधेश प्रदेशबाट धेरै जना दर्ता भएको देखिए पनि कूल जनसंख्याको प्रतिशतको आधारमा कर्णालीभन्दा झण्डै एक तिहाईले न्यून पछाडी छ ।

कूल जनसंख्याको १८.२१ प्रतिशत हिस्सा स्वास्थ्य बीमा कार्यक्रममा समेटिएको छ । यस आधारमा कर्णाली राष्ट्रिय औसत नजिक रहे पनि मधेश प्रदेशको अवस्था निराशाजनक रहेको छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार कूल संकलित बीमाशुल्कको आधारमा मधेश प्रदेशको योगदान करिब २ प्रतिशतले कर्णाली प्रदेशको तुलनामा बढीे छ । कूल बीमाशुल्क आर्जनमा कर्णाली प्रदेशले ४.७१ प्रतिशत योगदान दिएकोमा भने मधेश प्रदेशले ६.७० प्रतिशत योगदान दिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS