Connect IPS
IME Life

आइपिओ निष्काशन नगरेका बीमा कम्पनीलाई पुरानाले फकाउदै, एफपिओ निष्काशन गर्ने दाउ!

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइपिओ निष्काशन नगरेका जीवन बीमा कम्पनीलाई पुराना कम्पनीहरुले मर्जरका लागि फकाउन थालेका छन् । आइपिओ निष्काशन नगरेका बीमा कम्पनीलाई मर्ज गर्दा धेरै कुरामा फाइदा पुग्ने देखेपछि उनिहरुले मर्जरका लागि प्रस्ताव अगाडी बढाउन थालेका हुन् ।

अझै ५ वटा जीवन बीमा कम्पनीहरुले आइपिओ निष्काशन गर्न बाँकी छ । बीमा समितिले एक वर्ष भित्रमा जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई साढे दुई अर्ब रुपैयाँ पूँजी जुटाउन निर्देशन दिएको छ ।

Prabhu
Crest

आइपिओ नै निष्काशन नगरेका बीमा कम्पनीलाई पूँजी जुटाउन समस्या परिरहेको भन्दै गर्दा उनिहरुलाई पुराना बीमा कम्पनीहरुले मर्जरका लागि आकर्षित गर्न थालेका छन् । आइपिओ निष्काशन नगरेका बीमा कम्पनीहरुलाई मर्जर गर्दा भोलिका दिनमा एफपिओ निष्काशन गर्न पाउने आशामा उनिहरुले मर्जरका लागि आकर्षित गर्न थालेका हुन् ।

यदि अहिले आइपिओ निष्काशन नगरेका बीमा कम्पनीहरुलाई मर्ज गर्यो भने संस्थापक समुहको शेयर ७० प्रतिशत नाघ्छ । नियम अनुसार संस्थापक शेयर अधिकतम ७० प्रतिशत भन्दा धेरै राख्न पाइदैन । बीमा समितिले आइपिओ निष्काशन नगरेका बीमा कम्पनीलाई ५० प्रतिशत प्रि-आइपिओ निष्काशन गर्न सुझाव दिइसकेको छ ।

आइपिओ निष्काशन नगरेका बीमा कम्पनीको अहिलेको न्युनतम चुक्ता एक अर्ब ४० करोड रुपैयाँ छ । यदि उनिहरुले ५० प्रतिशत प्रि-आइपिओ निष्काशन गरे भने चुक्ता पँजी २ अर्ब १० करोड रुपैयाँ नाघ्नेछ । यो भनेको उनिहरुको संस्थापक शेयर पूँजी हो ।

यदि मानौ एशियन, प्राइम, सूर्या, गुराँस, एलआइसी नेपालले प्रि-आइपिओ निष्काशन गरेका बीमा कम्पनीहरुलाई मर्ज गरे भने संस्थापक शेयर पूँजीको हिस्सा ८० देखि ९० प्रतिशत कायम हुनेछ । मर्ज पछि शेयर संरचनाका लागि एफपिओ निष्काशन गर्दा लगभग बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी पुरा हुन्छ ।

यसरी एफपिओ निष्काशन गर्दा प्रिमियम बापतको रकमले जगेडा कोष बलियो हुनेछ । अहिलेकै अवस्थामा कुनै पनि बीमा कम्पनीहरुले आकर्षक लाभांश दिन सक्ने अवस्था छैन । यदि एफपिओ निष्काशन गर्यो भने आगामी केहि वर्ष कम्पनीले राम्रो बोनस शेयर दिन सक्ने भएकाले दोस्रो बजारबाट पनि लगानीकर्ताले पूँजीगत लाभ लिन सक्ने देखिन्छ । यस्तो गर्दा सजिलै पूँजी  जुट्नु साथै लगानीकर्ताहरुलाई पनि राम्रो फाइदा हुनेछ ।

जसले गर्दा पुराना बीमा कम्पनीहरुले स्वाप रेसियोमा पनि केहि लचिलो हुने देखिन्छ । नयाँ कम्पनीलाई मर्ज गर्दा कम्पनीको नाम, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारीहरुमा आफ्नो हाबी हुने भएकाले पनि उनिहरुको ध्यान नयाँलाई मनाउने तर्फ केन्द्रित हुन थालेका हो । कतिय कम्पनीहरुको प्रोभिजनिङ अत्याधिक छ । पुरानाको तुलनामा नयाँमा यस्तो प्रोभिजनिङ कम भएले पुराना कम्पनीको ध्यान नयाँलाई मर्जर गरेर प्रोफिटाव्लिटी बढाउने तर्फ केन्द्रित भएको देखिन्छ ।

समितिले सिधै सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नदिने बताउदै आइरहेकोले पनि कम्पनीहरुले यस्तो आइडिया लगाएका हुन् । सुरुमा आफु सँग भएको जगेडा कोषबाट बोनस शेयर दिने र नपुग केहि रकमका लागि मात्रै हकप्रद शेयर निष्काशन गर्न दिने पक्षमा समिति छ ।

अहिलेको अवस्थामा केहि बोनस दिएर थोरै तिनो हकप्रद शेयर निष्काशन गरेर कसैले पनि तोकिएको पूँजी जुटाउन सक्ने अवस्था छैन । बीमा समितिले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नदिने भन्ने वित्तीकै एक दुई वटा बाहेक कसैलाई पनि एक सय प्रतिशत भन्दा कम हकप्रद शेयर निष्काशन गरेर पुग्दैन ।

त्यसैले बीमा कम्पनीहरु बीमा समितिको आगामी रणनीति र कार्यशैलीको नजर अन्दाज गरेर बसिरहेका छन् । यदि बीमा समिति पूँजी बृद्धिमा लचक भयो भने दुई तीन वर्ष लगाएर हकप्रद मार्फत पूँजी जुटाउने पक्षमा कम्पनीहरु छन् । तर समितिले एक वर्ष भित्रमा जसरी पनि पूँजी जुटाउन पर्ने भन्दै दवाव दियो भने मात्रै मर्जरमा जाने होइन भने अहिले कुरा गरे जस्तो मात्रै गर्ने मनस्थितिमा बीमा कम्पनीहरु छन् ।

त्यसैले अहिलेसम्म कुनै पनि जीवन बीमा कम्पनीहरुले मर्जरको संझौता गरिरहेका छैनन् । तोकिएको पूँजी जुटाउदा पनि भोलिका दिनमा राम्रो प्रतिफल आउने सुनिश्चिता छैन । मर्जरमा जादा धेरै कुराहरुमा संझौता गर्नुपर्ने हुन्छ । त्यसैले उनिहरु सहज एक्जिटको लागि उपाय खोजिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS