SKIP THIS

MLBL
IME Life
Beema Board

मर्जर पछिको कर्मचारी समायोजनमा कुनै पनि समस्या आउन नदिने अध्यक्ष सिलवालको प्रतिवद्धता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीका कर्मचारीहरुले मर्जर पछिको कर्मचारी समायोजन के हुने भन्दै बीमा समितिका अध्यक्ष समक्ष जिज्ञासा व्यक्त गरेका छन् । बीमा समितिले हिजो धनगढी उपमहानगरपालिकामा रहेका बीमा कम्पनीका प्रदेश प्रमुख, शाखा प्रमुख र कर्मचारीहरु सँगको अन्तर्क्रिया तथा छलफल कार्यक्रममा उनिहरुले यस्तो जिज्ञासा व्यक्त गरेका हुन् ।

कर्मचारीहरुको जिज्ञासालाई संबोधन गर्दै अध्यक्ष सूर्य प्रसाद सिलवालले मर्जर पछि हुने कर्मचारी समायोजनामा कुनै पनि समस्या आउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । बीमा समितिले चैत १० गते पूँजी बृद्धि योजना सार्वजनिक गरे सँगै केहि कम्पनीहरुले मर्जर प्रकृयाँ अगाडी बढाएका छन् ।

Prabhu
Crest

समितिले अघोषित रुपमा बीमा कम्पनीहरुलाई बाध्यात्मक फोर्स मर्जरका लागि दवाव दिइरहेको छ । समितिको यस्तो दवाव सँगै उनिहरुले मर्जरका लागि जोडी खोज्न थालिसकेका छन् । सोही क्रममा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर समेत गरिसकेका छन् । केहि कम्पनीहरु भने सहमति नजिक पुगिसकेका छन् ।

हिजो बीमा समिति र धनगढी उपमहानगरपालिकामा रहेका बीमकका प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरु, कर्मचारीहरु, अभिकर्ताहरु तथा बीमा सम्बन्धी अन्य सरोकारवालाहरु बीच बीमा सम्बन्धी समसामयिक विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरेको हो । बीमा समितिको तर्फबाट अध्यक्ष सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेशलाल कर्ण, इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्मा, समितिकै लोकेश काफ्ले लगायतको उपस्थिति थियो । त्यस्तै कम्पनीको तर्फबाट लगभग १०० जनाको उपस्थिति रहेको थियो ।

अध्यक्ष सिलवालले संस्थागत सुशासनको कार्यान्वयनमा क्षेत्र स्तरका कर्मचारीहरुको सबैभन्दा महत्वपुर्ण भुमिका रहने भन्दै यसको अक्षरस कार्यान्वयनका लागि अनुरोध गरेका छन् । उधारोमा बीमा पोलिसी बिक्री गर्ने क्रम अझै नरोकिएको भन्दै यसलाई तत्काल बन्द गर्न निर्देशन दिएका छन् । उनले अझै पनि ग्रामिण इलाकामा शाखा कार्यालयहरु खुल्न नसकेको भन्दै यस तर्फ पनि क्षेत्र प्रमुखहरुलाई ध्यान केन्द्रित गर्न उनले अनुरोध गरेका छन् ।

सहभागी बीमा अभिकर्ता तथा केहि कर्मचारीहरुले बाल बीमाको पोलिसीमा पुनर्बीचार गर्न आग्रह गरेका थिए । उनिहरुले अझै पनि भारतिय बीमा कम्पनीहरुले नेपालमा आएर बीमा गराइरहेको भन्दै समिति समक्ष गुनासो व्यक्त गरेका थिए । यसलाई बन्द गर्न उनिहरुले समिति समक्ष आग्रह गरेका छन् ।

अध्यक्ष सिलवालले स्थानीय तहमा पनि बीमा कम्पनीको उपस्थिति हुनु पर्ने र बीमाको दायरा बढाउदै लैजानु पर्ने धारणा व्यक्त गरेका थिए । उनले भने ‘अझै पनि ग्रामिण क्षेत्रमा शाखा कार्यालय खुल्न सकेको छैन । यसमा कम्पनीहरुले सोच विचार गर्नु पर्यो ।’

बीमा समितिले बीमा कम्पनीहरुलाई भाग लगाएरै बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्न निर्देशन दिएको भन्दै सोहि अनुरुप काम गर्न अध्यक्ष सिलवालले अनुरोध गरेका छन् । जीवन र निर्जीवन बीमा कम्पनीहरुले आ-आफ्नो ठाउँबाट जनचेतनामुलक कार्यक्रम गर्नु पर्ने उनको भनाइ थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS