Connect IPS
IME Life

महुली लघुवित्तको २६% बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको लागि आफ्ना शेयरधनीलाई वितरण गर्न छुटाएको २६ प्रतिशत बोनश शेयर आज बैंशाख २६ गते सोमवारदेखि हितग्राही खातामा जम्मा गर्ने भएको छ । संस्थाले एक सुचना जारी गर्दै बोनश वापतको उक्त रकम शेयरधनीको डिम्याट खातामा पठाउन शुरु गरेको जनाएको छ ।

कम्पनीले गत पुस २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Prabhu
Crest

उक्त बोनश शेयर संस्थाले धितोपत्र दोस्रो बजारमा सूचिकृत गराइसकेको छ । सोही अनुरुप कम्पनीले सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गर्न शुरु गरेको हो ।

साविकको नव किरण लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रकृया सम्पन्न भई २०७७ मंसिर ८ गतेदेखि एकिकृत कारोबार शुरु भएको थियो । उक्त मितिदेखि दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था रहेको छ ।

तर, उक्त मिति पश्चात शेयर धारण गरेका शेयरधनीहरुले भने बोनस शेयरमा लाग्ने कर वापतको ५ प्रतिशत रकम जम्मा गरेपछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।

सम्बन्धित शेयरधनीहरुले बोनश शेयरको कर बापतको रकम कम्पनीको सनराइज बैंक लिमिटेड, कमलपोखरी, काठमाडौंमा रहेको एसआरसिएल महुली बोनस ट्याक्स ७७।७८ नाममा रहेको खाता नम्बर ०६९०३७१११४७०१०२४ मा जम्मा गर्न संस्थाले आग्रह गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS