Connect IPS
IME Life

महालक्ष्मी लाइफको विशेष साधारणसभा सम्पन्न, मर्जर कमिटी गठन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गरेको छ । आज सम्पन्न भएको विशेष साधारणभाले अन्य कुनै जीवन बीमा कम्पनी एक आपसमा गाभ्न/गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा एक आपसमा गाभ्ने/गाभ्ने वा प्राप्ति गर्ने र सो सम्बन्धी आवस्यक सम्पुर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ ।

यस्तो प्रस्ताव पारित भए सँगै आजै बसेको सञ्चालक समितिको बैठकले तीन सदश्यीय मर्जर कमिटी पनि गठन गरेको छ । सञ्चालक सुरेश सापकोटाको संयोजकत्वमा गठन भएको मर्जर कमिटीमा दुई सदश्यहरु उमेश लाल श्रेष्ठ र रमेश कुमार भट्टराई रहेका छन् ।

Prabhu
Crest

कम्पनीले बीमा समितिको पूँजी बृद्धि गर्ने निर्देशन बमोजिम अधिकृत पूँजी ५ अर्ब र जारी पूँजी तीन अर्ब पुर्याउने विशेष प्रस्ताव पारित गरेको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली पनि संसोधन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

कम्पनीले बीमा समितिको पूँजी बृद्धि योजनाको निर्देशन अनुरुप केहि पूँजी आइपीओ र बाँकी पूँजीका लागि अर्को जीवन बीमा कम्पनीसँग मर्जरमा जाने गरि गरेको प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । कम्पनीले जारी पूँजी तीन अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरे सँगै संस्थापक समुहका शेयरधनीहरु सँग ५० प्रतिशत हकप्रद आह्वान गरेर ७० करोड रुपैयाँ पुर्याउने योजना बनाएको छ ।  यस्तो हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजि २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । त्यस पछि बल्ल सर्वसाधारणका लागि ९० करोड रुपैयाँको आइपिओ निष्काशन गर्न सक्नेछ ।

तर आजै गठन भएको मर्जर कमिटिले उपयुक्त कम्पनी सँग मर्जरको सहमति गरेमा संस्थापक समुहमा थप पूँजी आह्वान गर्ने वा आइपिओ निष्काशन गर्ने योजनाहरु कार्यान्वयन हुने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS