Connect IPS
IME Life

ज्योति लाइफको खुद बीमा शुल्क १२% ले बढ्यो, जीवन बीमा कोष साढे ५ अर्ब माथि, अधिकांश सूचक उत्साहजनक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ६३ करोड ४५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षभन्दा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब २८ करोड ६९ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

यस अवधिमा कम्पनीले २ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २१ करोड ९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२ दशमलव ७९ प्रतिशतले बढी हो ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा ५६ करोड ६८ लाख ४७ हजार रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष सामान्य प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा ६० करोड ४ लाख रुपैयाँ जगेडा कोषमा संचीति थियो ।

जीवन बीमा कोषमा ५ अर्ब ६६ करोड १८ लाख २७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीकोे जीवन बीमा कोषमा ३ अर्ब ४९ करोड रुपैयाँ थियो त्यसैगरी कम्पनीको महा विपत्ती कोषमा ८ करोड ८७ करोड रुपैयाँ रहेको छ ।

यस अवधिसम्ममा कम्पनीले १८ करोड ८६ लाख ७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ४९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी १९० प्रतिशतले बढी हो ।

यस त्रैमाससम्ममा कम्पनीको खुद नाफा २० करोड ६५ लाख ९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७० दशमलव ९९ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले १२ करोड ७ लाख ७१ हजार खुद नाफा गरेको थियो ।

यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS