काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनीहरुले एक आपसमा मर्जर सम्झौता गरेसँगै दोस्रो बजारमा शेयर कारोबार रोक्का भएको हो ।
यी दुई कम्पनीबीच हिजो बिहिवार २२ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतापत्रमा हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिभ सापकोटाले हस्ताक्षर गरेका हुन् ।
बीमा समितिले तोकिएको चुक्ता पूँजी पु-याउनका लागि यी दुई कम्पनी एक आपसमा मर्ज हुन लागेका हुन । हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १७ करोड रहेको छ भने एभरेष्ट इन्स्योरेन्सको १ अर्ब २५ करोड रहेको छ ।