काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन सुन चाँदीको मूल्य ओरालो लागेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी आज तेजावी सुनको मूल्य प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कायम भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा एकैदिन २५ रुपैयाँले घटेर प्रति तोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।