IME Life
Beema Board

युनियन लाइफका सिइओ कर्णको तलब सुविधा ५४ प्रतिशतले बढ्यो, बुझे ९१ लाख रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले वार्षिक तलब सुविधा ९१ लाख ८ हजार रुपैयाँ प्राप्त गरेका छन् । कर्णको यस्तो तलब सुविधा ५४.८३ प्रतिशतले बृद्धि भएको हो ।

कर्णले गत आर्थिक वर्ष २०७७/७८ मा तलब तथा अलाउन्से बापत ८४ लाख १२ हजार रुपैयाँ बुझेका छन् । नियम अनुसार कर्मचारी बोनस ६ लाख ७२ हजार रुपैयाँ प्राप्त गरेका छन् । कम्पनीले जीवन तथा निर्जीवन बीमा बापत २३ हजार ६६६ रुपैयाँ प्रिमियम भुक्तानी गरिदिएको छ ।

Prabhu
Crest

कर्णले अघिल्लो आर्थिक वर्षमा तलब भत्ता तथा अन्य सुविधा बापत ५८ लाख ४२ हजार रुपैयाँ बुझेका थिए । उच्च व्यवस्थापनमा रहेका कर्मचारीले पनि गत आर्थिक वर्षमा ९१ लाख ८ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कार्यकारी अधिकृत अन्य प्रबन्धक सम्मका पदाधिकारीहरुलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत ८ करोड २१ लाख १६ हजार १३० रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ । त्यस्तै संचालक समितिका अध्यक्ष तथा संचालकहरुलाई पारिश्रमिक, भत्ता तथा सुविधा वापत ४ लाख २० हजार रुपैयाँ प्रदान गरिएको छ । ‍

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS