IME Life
Beema Board

रिलायबल लाइफले ल्यायो सुलभ बाल जीवन बीमा प्लस योजना, सहुलियतपूर्ण शुल्कमा जोखिम बहन हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सुलभ बाल जीवन बीमा प्लस योजना ल्याएको छ । कम्पनीले ब्यक्ति अनुकुल मौलिक तथा उन्नत जीवन बीमा योजनाहरु सार्वजनिक गर्दै आएको अवस्थामा हाल यस योजना सार्वजनिक गरेको हो । यस योजना सहुलियतपूर्ण बीमाशुल्कमा जोखिम बहन हुनेछ ।

साथै कम्पनीले आधुनिक प्रविधि प्रयोग गरि सरल, भरपर्दो र बिश्वसनीय सेवा दिँदै डिजीटल बजारीकरणको माध्यमबाट जनमानसमा बिक्री गर्ने र देशभरि नै आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ । समयसापेक्ष नयाँ नयाँ जीवन बीमा ल्याउने कम्पनीको नीति अनुरुप भविष्यका कर्णधार वालवालीकाहरुको सुरक्षित भविष्यको लागि नयाँ जीवन बीमा योजना सुलभ बाल जीवन बीमा प्लस योजना ल्याएको हो ।

Prabhu
Crest

सुलभ बाल जीवन बीमा प्लस योजना नाफामा सहभागी हुने सावधिक जीवन बीमा हो । भर्खरै जन्मेको बच्चाको समेत जीवन बीमा गर्न सकिने यो योजनामा सावधिक जीवन बीमामा भएका सबै बिषेशताहरु रहेका छन । यो योजना आफ्ना सन्तानको उज्जवल भविष्य निर्माण गर्न अभिभावकहरुको रोजाइमा पर्ने गर्दछ । यो योजनाले सुरक्षा र बचतको संयोजन प्रदान गर्दछ । हरेक नेपाली अभिभावकको आफ्ना सन्तति प्रतिको जिम्मेवारी पुरा गर्न सहयोग पु-याउने उद्देश्यका साथ रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यो योजना ल्याएको हो । यस योजनामा (नेपालमै पहिलो पटक) प्रस्तावकका लागी विभिन्न ५ वटा थप ऐच्छिक सुबिधाहरु लिन सकिन्छ ।

मृत्युलाभः
बीमा अवधिभित्र तर जोखिम बहन शुरु हुनु भन्दा अगाडी बीमित बच्चाको मृत्यु भएमा कम्पनीलाई भुक्तानी गरेको बीमाशुल्क इच्छाइएको ब्यक्ति/कानूनी हकवालाई फिर्ता दिइनेछ । बीमा अवधिभित्र जोखिम बहन शुरु भैसके पछि बीमितको मृत्यु भएमा बीमाङ्क रकमको २५ प्रतिशतले हुने रकम तत्कालै तथा बाँकी ७५ प्रतिशत बीमाङ्क र अर्जित बोनस बराबरको एकमुष्ठ रकम बीमा परिपक्वता मितिमा इच्छाइएको ब्यक्ति/कानूनी हकवालाई भुक्तानी दिइनेछ ।

परिपक्वता लाभः
बीमालेख चालु रहि बीमा अवधि समाप्ति मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रहि बीमाङ्क र बोनस बराबरको रकम बीमितलाई भुक्तानी दिइनेछ । बच्चाको बीमा गर्दा प्रस्तावकले आफ्ना सबै बीमायोग्य नाबालक केटाकेटीको समान बीमाङ्कको जीवन बीमा गर्नुपर्नेछ ।

यस योजनाका सामान्य शर्तहरुः
न्यूनतम प्रवेश उमेर ० बर्ष, अधिकतम प्रवेश उमेर १५ बर्ष, न्युनतम परिपक्वता उमेर १८ बर्ष, अधिकतम परिपक्वता उमेर ६९ बर्ष, बीमा अवधि ५ देखी ५४ बर्ष, न्यूनतम बीमाङ्क ३ लाख, अधिकतम बीमाङ्क, ५ लाख, बीमाशुल्क भुक्तानी गर्ने तरिका बार्षिक/अर्ध–बार्षिक/त्रैमासिक/मासिक हुनेछ ।

प्रस्तावकको लागी थप लिन सकिने ऐच्छिक सुविधाहरु 
१. बीमाशुल्क छुट सुबिधाः बीमा अवधिभित्र कथंकदाचित प्रस्तावकको मृत्यु भएमा वा स्थायी रुपमा पुर्ण अशक्त भएमा बाँकी अवधी बीमाशुल्क तिर्न नपर्ने गरि बच्चाको उमेर २५ बर्ष पुग्दा सम्म यो सुबिधा लिन सकिन्छ । बीमालेख चालु रहि बीमा अवधि समाप्तिमा बीमित बच्चाले नियमानुसार एकमुष्ठ रकम प्राप्त गर्दछ ।

२. मासिक आय सुबिधाः बीमा अवधिभित्र कथंकदाचित प्रस्तावकको दुर्घटना अथवा प्राकृतिक कारणबाट मृत्यु भएमा बीमित बच्चाले उसको उमेर १६ बर्ष पुग्दासम्म बीमाङ्कको १ प्रतिशतले हुने रकम मासिक रुपमा आय सुबिधा पाउँदछ । बाँकी अवधी बीमाशुल्क तिर्नु पर्दैन साथै बीमा अवधि समाप्तिमा बीमित बच्चाले नियमानुसार एकमुष्ठ रकम प्राप्त गर्दछ ।

३. दुर्घटना मृत्यु लाभः बीमा अवधिमा कथंकदाचित प्रस्तावकको दुर्घटनाका कारण मृत्यु भएमा यो सुबिधाको बीमाङ्क बराबर रकम भुक्तानी हुनेछ । दुर्घटना घटित भएको १८३ दिन भित्र मृत्यु भएमा मात्र यो सुबिधा प्राप्त हुनेछ । दुर्घटनाबाट प्रस्तावकको मृत्यु भएमा बीमाशुल्क छुट हुन्छ, बच्चाले मासिक आय सुबिधा पाउँदछ साथै बीमा अवधि समाप्तिमा बीमित बच्चाले नियमानुसार एकमुष्ठ रकम प्राप्त गर्दछ ।

४. स्थाइ पुर्ण अशक्तता सुबिधाः बीमा अवधिभित्र कथंकदाचित प्रस्तावक दुर्घटना अथवा बिरामीको कारण स्थाइ पुर्ण अशक्त भएमा यो सुबिधाको बीमाङ्क बराबर रकम एकमुष्ठ भुक्तानी हुनेछ । दुर्घटना अथवा बिरामी भएको १८३ दिन सम्म प्रतिक्षा अवधि हुनेछ । प्रस्तावक स्थायी रुपमा अशक्त भएमा बीमाशुल्क छुट हुन्छ साथै बीमा अवधि समाप्तिमा बीमित बच्चाले नियमानुसार एकमुष्ठ रकम प्राप्त गर्दछ

५. घातक रोग सुबिधाः बीमा अवधिभित्र कथंकदाचित प्रस्तावकलाइ कम्पनीले तोकेको १५ वटा घातक रोगहरु मध्ये कुनै एउटा घातक रोग लागेमा यो सुबिधाको बीमाङ्क बराबर रकम भुक्तानी हुनेछ । यसमा प्रतिक्षा अवधि -waiting period ९० दिन तथा Survival Period ३० दिन रहेकोछ । कुनै एक घातक रोग वापत दावी भुक्तानी गरे पश्चात घातक रोग सुबिधा स्वतः खारेज हुनेछ ।

यस सुविधा अन्तर्गत पर्ने रोगहरु यसप्रकार रहेको छन्  क्यान्सर, मृगौला फेलियर, प्राइमरी पल्मनरी आर्टेरीयल हाईपरटेन्सन, मल्टीपल स्लेरोसिस, महत्वपूर्ण अंग प्रत्यारोपण, कोरोनरी आर्टेरीयल बाइपास ग्राफट, अयोर्टा ग्राफट सर्जरी, मुटुको भल्बको सर्जरी, स्ट्रोक, पहिलो ह्रदयघाट, कोमा, पूर्ण अन्धोपना, बेन्गीन ब्रेन टिउमर, परालाइसिस, दुर्घटनाको कारणबाट भएको मानसिक आघात लगातका रोग कभर हुनेछ ।

माथीका दुवै सुबिधा लिएको खण्डमा प्रस्तावक जीवित रहेमा वा मृत्यु अथवा स्थायी रुपमा अशक्त भएमा पनि बच्चाको शिक्षाले निरन्तरता पाउंने हुंदा उज्जवल भविष्य सुनिश्चित हुने कम्पनीले जनाएको छ ।

यो योजनाका फाइदाहरुः
सानो सानो बचत गरि यथेष्ठ परिपक्वता मुल्य पाइने, सहुलियतपूर्ण बीमाशुल्कमा जोखिम बहन हुने, अत्याधिक रुचाइएको योजना, ऐच्छिक सुबिधा थप गरी लिन सकिने, प्रस्तावक समेतको जोखिम बहन हुने हुंदा बच्चाको भविष्य सुनिश्चित हुने, आवश्यक पर्दा बीमालेख धितो राखी कर्जा लिन सकिन्छ, बचत, सुरक्षा तथा उच्च प्रतिफल एकैसाथ प्राप्त हुने ।

जोखिम बहन शुरु हुने अवस्थाः
बीमा शुरु मिति देखी २ बर्ष अवधि पुरा भएपछि बीमालेख अन्तर्गत बीमित बच्चाको जोखिम बहन शुरु हुनेछ ।

समय छँदै बालबालिकाको जीवन बीमा गर्दा हुने फाइदाहरु
१. परिपक्वता मुल्य बढ्दछः कम उमेरमा छोराछोरीको जीवन बीमा गर्दा बढी अवधीको बीमा सम्भव हुने हुँदा बीमा अवधी समाप्तिमा परिपक्वता मुल्य समेत बढ्दछ ।
२. जोखिम बहन छिटो शुरु हुन्छः छोराछोरीको कम उमेरमा जीवन बीमा गराउंदा छिटो जोखिम बहन शुरु हुन्छ ।
३. बचत गर्ने कामको शुरुवात हुन्छः बीमाशुल्क भुक्तान गर्नु भनेको बचत गर्नुहो तसर्थ छोराछोरीको जीवन बीमा गरेर उसको भविष्य निर्माण गर्नको लागी बचतको थालनी गर्न सकिन्छ ।
४. बचत, सुरक्षा तथा उचित प्रतिफल एकैसाथ प्राप्त हुनेः जीवन बीमा गर्दा छोराछोरीको उज्जवल भविष्य बनाउने अभियानमा महत्वपुर्ण उपलब्धि हासिल गर्न एकमुष्ठ रकमको ब्यवस्था हुनुको साथै जोखिम बहन भइ सुरक्षित रहन सकिन्छ ।
५. उच्च शिक्षाको लागी एकमुष्ठ रकमको ब्यवस्था हुनेःः अभिभावकले सन्तानलाई दिने उत्कृष्ठ उपहार भनेको उचित शिक्षा नै हो । राम्रो शिक्षा दिलाउन प्रशस्त रकम आवश्यक पर्दछ । जीवन बीमालेख परिपक्व हुँदा प्राप्त हुने एकमुष्ठ रकमलाइ छोराछोरीको उच्च शिक्षाको लागी उपयोग गर्न सकिन्छ । तसर्थ, छोराछोरी प्रतिको साँचो माया दर्शाउने उत्तम तरिका भनेकै उसको नाममा जीवन बीमालेख खरिद गर्नु हो ।
६. आवश्यकता पर्दा बीमालेख कर्जा लिन सकिने
पुरा तीन बर्षको बीमाशुल्क भुक्तानी गरेपछि तथा बीमा शुरु मिति देखी तीन बर्ष अवधि पछि समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा लिन सकिनेछ ।
८. प्रस्तावकको पनि जोखिम बहन हुनेः छोराछोरीको जीवन बीमा गर्दा प्रस्तावकले अत्यन्तै कम बीमाशुल्क भुक्तानी गरेर विभिन्न जोखिम बहन थप गर्न सकिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS