IME Life
Beema Board

युनियन लाइफका अनुसन्धान विभाग प्रमुख पंगेनी विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी उजुरी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिमा युनियन लाइफका अनुसन्धान विभाग ‘Research And Development Department’ प्रमुख नारायण पंगेनीको नक्कली शैक्षिक प्रमाणपत्रको विषयमा उजुरी परेको छ । कम्पनीमा कार्यरत पंगेनीको एसएलसी भन्दा माथिका शैक्षिक प्रमाणपत्रहरु नक्कली भएको भन्दै छानवीन गरी कारवाही गरी पाउ भन्दै समितिमा बेनामी उजुरी परेको हो ।

Prabhu
Crest

बीमा समितिले उक्त उजुरीलाई दर्ता पनि गरिसकेको छ । शैक्षिक प्रमाणहरु छानवीन गर्ने क्रममा युनियन लाइफले समितिलाई सत्य तथ्य व्यहोरा लुकाई छिपाई वास्तविक तथ्य पेश नगरी गुमराह गर्न खोजेको भन्दै उजुरीकर्ताले उजुरीमा उल्लेख गरेका छन् ।

पंगेनीको नियुक्ति बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका विपरित भएकोले आवस्यक छानवीन गरी कारबाहीको माग गरिएको छ । निवेदकमा एक इमान्दार तथा सचेत बीमाकर्मी लेखिएको छ । यस भन्दा अगाडी नेपाल लाइफमा काम गर्दा पनि उनको नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा चर्चा चलेको थियो । पंगेनीको एसएलसी बाहेक प्लस टु, स्नातक लगायतका शैक्षिक प्रमाणपत्रहरु नक्कली रहेको आरोप छ ।  पंगेनी यसभन्दा अगाडी युनियन लाइफको क्षेत्र नं ६ का प्रमुख थिए । कम्पनीले उनलाई पछिल्लो समय बढुवा गरेर अनुसन्धान विभाग ‘Research And Development Department’ प्रमुख बनाएको थियो ।

बीमा समितिले केहि समय अगाडी नक्कली शैक्षिक प्रमाणपत्रको छानविन गर्न सम्पुर्ण बीमा कम्पनीका कर्मचारीको शैक्षिक प्रमाणपत्रको विवरण पेश गर्ने निर्देशन दिएको थियो । समितिले पहिलो चरणमा सम्पुर्ण कम्पनीका कर्मचारीको विवरण माग गरेता पनि आवस्यक काम कारबाही भने अगाडी बढाएको छैन । कम्पनीहरुले पेश गरेका विवरणमा संका लागेमा वा समितिमा उजुरी परेमा सक्कली प्रमाणपत्र नै झिकाएर छानविन गर्ने योजना बनाएको छ । #यता कम्पनीको  मानव संसाधन बिभागले पंगेनीको शैक्षिक प्रमाण पत्र सक्कली नै रहेको दाबी गरेको छ।

#अपडेट गरिएको  

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS