काठमाडौं । चुनाव हुने भए पनि सो को सकारात्मक प्रभाव नेपाली दोश्रो बजारमा पर्न सकेको छैन । कर्जा योग्य तरलाता अभाव र व्याज दर धेरै हुनुले नेपाली दोश्रो बजारमा नकारात्मक असर परेको देखिन्छ । यसै बीच २३०० को विन्दुमा एक पटक पुन नेप्से परिसूचक आएको छ । वैशाख १९ मा नेप्से परिसूचक २३०७ दशमवल ४४ को विन्दु आएर बन्द भएको छ। २०७८ भाद्र २ गते नेप्से परिसूचकले ३२०० को विन्दु छोएकोमा त्यस पश्चात भने बजारले निरन्तर घट्ने “ट्रेण्ड” समातेको थियो ।
कहाँ कहाँ निर पाउन सक्छ बजारले टेवा ?
बजार अहिले २३०० को विन्दुमा छ । सर्वप्रथम यो नै एउटा मनोवैज्ञानिक टेवा हो । बजारले यदी यो क्षेत्रबाट माथि बढ्न सकेन भने यस पछिको अर्को टेवा बजारले २२८० को क्षेत्रमा लिने देखिन्छ । बजार ३२०० बाट तल झर्ने क्रममा १३ डिसेम्बर २०२१मा २२८२ को विन्दुमा बन्द भएको थियो र अर्को कारोवार दिनबाट बजार पुन वृद्धि हुन सुरु भएको थियो । त्यस्तै केही कारोवार दिन अघि (२१ अप्रिल २०२२) बजार ईण्ट्राडेमा २२८६ को न्यून विन्दु सम्म पुगेर सोही दिन २३०० विन्दु माथि बन्द हुन सफल भएको थियो ।
२२८० को सपोर्ट पाउन नसकेको अवस्थामा कहाँ निर छ अर्को सपोर्ट ?
२२८० को सपोर्टको आधारमा बजार माथि बढ्न नसकेको अवस्थामा बजारले २१०० को क्षेत्रमा सपोर्ट पाउने देखिन्छ । २१०० को सपोर्ट डिसेम्बर २०२० मा बनेको सपोर्ट हो । डिसेम्बर २०२०मा यही क्षेत्रबाट बजारले माथिल्लो दिशा समात्न सफल भएको थियो ।
नोट : प्राविधिक चार्टबाट गरिएको यो विश्लेषण पूर्ण होइन । यो विश्लेषण हेरर लगानीको निर्णय गर्न मिल्ने छैन।