IME Life
Beema Board

समितिले बुधबार जीवन बीमा कम्पनीका सिइओ तथा लगानीकर्तासँग छलफल गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले पूँजी बृद्धि योजनाको विषयमा जीवन बीमा कम्पनीहरु सँग पनि छलफल गर्ने भएको छ । समितिले बुधबार जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सञ्चाल समितिको अध्यक्ष र सर्वाधिक धेरै शेयर लगानी भएका सञ्चालकहरु सँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।

समितिले गत बैशाख १६ गते बिहीबार निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका अध्यक्ष र प्रमुख लगानीकर्ताहरु सँग छलफल गरेको थियो । निर्जीवन बीमा कम्पनीहरुले बीमा समिति समक्ष क्यापिटल प्लानका विषयमा छलफलका क्रममा समय थप गर्न आग्रह गरेका थिए । कतिपयले अहिले मर्जर गराएर संख्या घटाउने र पछि नयाँ लाइसेन्स त बाड्न खोजिएको होइन भन्दै प्रश्न गरेका थिए ।

Prabhu
Crest

बीमा समितिले कम्पनीहरुलाई स्पष्ट सँग सक्नेलाई बोनस शेयर र केहि हकप्रद मार्फत पूँजी जुटाउन र नसक्नेलाई मर्जरमा जान अनुरोध गरेको छ । लगानीकर्ताहरुले एक वर्षको अतिरिक्त केहि समय थप गर्न अनुरोध गरे पनि अध्यक्ष सूर्य प्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बीमकको हितमा पूँजी बृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पूँजी बढाउनै पर्ने बताएका थिए ।

बीमा समितिले बीमा बजारको अध्ययन एवम् विश्लेषण गरेर पूँजी बृद्धिको निर्णय गरेको भन्दै सिलवालले बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना रहेको बताएका थिए । उनले भने ‘बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पूँजी बढाउनै पर्छ । त्यसमा सहजीकरण गर्न बीमा समिति तयार छ ।’

बुधबार पनि जीवन बीमा कम्पनीका लगानीकर्ता तथा प्रमुख कार्यकारी अधिकृतहरु सँग अन्तर्क्रिया गर्नेछ । जीवन र निर्जीवन दुबै कम्पनीका प्रमुख कार्यकारी अधिकृत, अध्यक्ष र प्रमुख शेयरधनीहरु सँगको छलफल पछि समितिले केहि निर्देशन जारी गर्ने योजना बनाएको छ ।

बीमा समितिले चैत १० गते जीवन बीमा कम्पनीहरुको लागि न्युनतम चुक्ता पूँजी ५ अर्ब र निर्जीव बीमा कम्पनीको लागि साढे दुई अर्ब पुर्याए पछि कम्पनीका लगानीकर्ताहरुले विरोध जनाउदै आएका छन् । उनिहरुले हचुवामा क्यापिटल प्लान ल्याउदा धेरै गाह्रो भएको जनाउदै आएका छन् । उनिहरुले क्यापिटल प्लानको विरोध गरे पनि अन्तत बीमा समितिको निर्देशन अनुरुप नै पूँजी जुटाउने तयारीमा जुटेका छन् । सम्पुर्ण कम्पनीहरुले आ-आफ्नो क्यापिटल प्लान पेश गरे पनि बीमा समितिले के कस्तो निर्देशन दिने हो भन्ने कुराले अहिले उनिहरु त्रसिद छन् । कम्पनीहरुलाई ओभर क्यापिटलाइजको समस्या चिन्तित बनाए पनि कम्पनीको अस्तित्व रक्षाका लागि उनिहरु थप चिन्तित छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS