काठमाडौं । समृद्धि फाइनान्सको नविकेको हकप्रद शेयरमा बोलकबोल लिलाम आह्वान गर्दा सर्वसाधारण समुहको शेयर न्युनतम २०५ रुपैयाँमा बिक्री भएको छ । त्यस्तै संस्थापक समुहको १०१ रुपैयाँमा बिक्री भएको छ । नविकेको हकप्रद शेयरमा लिलाम आवेदन गर्दा लगानीकर्ताले दिने आवेदनका आधारमा संस्थापक समुह तर्फको कट अफ प्राइस १०१ रुपैयाँ र सर्वसाधारण समुह तर्फको २०५ रुपैयाँ रहेको छ ।
फाइनान्सले चैत २९ गतेदेखि बैशाख ७ गतेसम्म नविकेको ९ लाख ४० हजार कित्ता शेयर बिक्रीका लागि बोलकबोल आह्वान गरेको थियो । संस्थाले फागुन ८ गतेदेखि २९ गते सम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दा संस्थापक समुह तर्फको ८ लाख ६७ हजार र सर्वसाधारण समुह तर्फको ७३ हजार १०० कित्ता शेयर बिक्री हुन सकेको थिएन ।