Connect IPS
IME Life

एलआइसी नेपालको २०% बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन ११ गते सम्पन्न गरेको १९औं साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको जनाएको छ । कम्पनीले उक्त बोनश बैशाख १५ गतेदेखि जम्मा गरिेको बताएको छ ।

शेयरधनीहरुले कर बापतको रकम तिर्नुपर्ने छैन । बैशाख १४ गते धितोपत्र दोस्रो बजारमा सूचिकृत गराएको उक्त बोनश शेयर कम्पनीले सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले नेप्सेमा २० प्रतिशत बोनश बापतको ४४ लाख २२ हजार कित्ता शेयर सूचिकृत गराएको हो ।

Prabhu
Crest

माघ २३ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको कम्पनीले त्यसपछि शेयर अभौतिकीकरण गर्ने सदस्यहरुको हकमा समेत क्रमशः जम्मा गर्दै जाने बताएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS