काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनश शेयर पछिको मुल्य समायोजनपछि शेयर मूल्य १ हजार ७९ रुपैयाँ १७ पैसा कायम गरेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य १ हजार २९५ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बिहीवार बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनश शेयर र १ दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले बैशाख २८ गते साधारण सभा बोलाएको छ ।