काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ८८ हजार २५२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले दुर्गा वोहराको नाममा रहेको ८८ हजार ७१ कित्ता र जगदिश चन्द्र श्रेष्ठको नाममा रहेको १८१ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।
शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र के कति दर र कित्ता खरीद गर्ने हो सो समेत खुलाई कम्पनीको कमलादी, काठमाडौंमा रहेको प्रधान कार्यालयमा निवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।
कम्पनीले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुलाई शेयर विक्री गर्ने कम्पनीले जनाउको छ ।