Connect IPS
IME Life

बीमाको पहुँच ३४ प्रतिशत जनसंख्यामा, एक वर्षमा ४२ प्रतिशतले बढ्यो बीमालेख संख्या

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार ३४.५१ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका छन् । चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले जारी गरेका लघु र म्यादी जीवन बीमालेखका आधारमा बीमाको पहुँच ३४.५१ प्रतिशत जनसंख्यामा पुगेको देखिएको हो ।

जवकी गत वर्षको चैत मसान्तसम्ममा २४.५२ प्रतिशत थियो । एक वर्षकै अवधिमा १० प्रतिशत विन्दु भन्दा धेरैले सुधार देखिएको छ । जीवन बीमा कम्पनीले चैत मसान्तसम्ममा म्यादी, लघुम्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ४७ लाख ६० हजार ३०९ वटा पोलिसी जारी गरेका छन् । त्यस्तै म्यादी र लघु म्यादि जीवन बीमालेखको संख्या भने ६१ लाख ७८ हजार ५६२ वटा रहेको छ भने बैदेशिक रोजगार बीमालेख संख्या ८ लाख ५२ हजार ८२७ वटा जारी भएको छ । कुल बीमालेख संख्या एक करोड १७ लाख वटा रहेको छ ।

Prabhu
Crest

एक वर्षको अवधिमा जीवन बीमालेख संख्या ४१ प्रतिशतले सुधार भएको छ । गत वर्षको यहि अवधिमा बीमा कम्पनीहरुले जारी गरेको बीमालेख संख्या ८३ लाख ३४ हजार थियो । निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको बीमालेख संख्या भने गत वर्षको भन्दा ३.०८ प्रतिशतले घटेको छ । चैत मसान्तसम्ममा कम्पनीहरुले २ करोड १७ लाख वटा पोलिसी जारी गरेका छन् ।

Monthly-total-Insurance-Business_MoF_Nepali_Chaitra2078

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS