Connect IPS
IME Life

प्रभुले नेपाल लाइफका सोन बहादुर र टिका दत्तलाई एक पद बढुवा सहित भित्र्यायो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफका सोन बहादुर मगर र टिकादत्त प्याकुरेललाई एक पद बढाएर भित्र्याएको छ । कम्पनीले उप महाप्रवन्धकमा सोन बहादुर मगरलाई र सहायक महाप्रवन्धकमा प्याकुरेललाई नियुक्त गरेको हो ।

सोन बहादुर नेपाल लाइफको राष्ट्रिय सेल्स विभाग प्रमुखका थिए भने प्याकुरेल प्रदेश एक विभाग प्रमुख थिए । मार्केटिङमा पक्कड जमाएका दुबै जनालाई प्रभु लाइफले भित्र्याएको छ ।

Prabhu
Crest

प्रभु लाइफले पछिल्लो समय उच्च व्यवस्थापनदेखि लिएर मार्केटिङमा दक्ष जनशक्ति भित्र्याइरहेको छ । अन्य कम्पनीमा राम्रो काम गरिरहेका कर्मचारीलाई भित्र्याएर यस वर्ष व्यवसाय विस्तारमा आक्रामक हुने रणनीति बनाएको छ । नेपाल लाइफकै निवर्तमान प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बीमा विज्ञको रुपमा कार्यभार सम्हाल्दै आइरहेका छन् । उनले कार्यभार सम्हालेसँगै कम्पनीको व्यवसाय विस्तार पनि बढेको देखिन्छ ।

बीमा समितिको पूँजी बृद्धि योजना पछि कम्पनीको पूँजी बढ्ने हुँदा भोलिका दिनमा कम्पनीको आकार अनुसार व्यवसाय भित्र्याउनु पर्ने चुनौतीलाई मध्यनजर गर्दै जनशक्ति व्यवस्थापनमा कम्पनी जुटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS