IME Life
Beema Board

प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । चैत १६ गतेदेखि ३० गतेसम्म विक्री गरेको ऋणपत्र बैशाख १२ गते बाँडफाँड गरेको हो । बैंकले १० वर्षे अवधिको प्रतिकित्ता १ हजार अंकित मूल्यका २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको हो ।

कुल कित्ता ऋणपत्रमध्ये बैंकले १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता भने व्यक्तिगत तवरबाट विक्री गरेको थियो भने १ अर्ब बराबरको १० लाख कित्तामध्ये सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता छुट्याई बाँकी ऋणपत्र सार्वजनिक निष्काशनमार्फत विक्री गरेको थियो ।

Prabhu
Crest

बैंकले ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ नामको ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।

बाँडफाँडका क्रममा रितपूर्वक आवेदन दिने सबै आवेदकहरुले माग बमोजिमनै ऋणपत्र प्राप्त गरेको बैंकले जनाएको छ । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS