Connect IPS
IME Life

९ महिनासम्ममा जीवन बीमा कम्पनीले आर्जन गरे १ खर्ब २ अर्ब ४२ करोड बीमा शुल्क, चैत महिनामा मात्रै १० अर्ब २२ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ को चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब २ अर्ब ४२ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका छन् । बीमा समितिको तथ्याङक अनुसार यी १९ जीवन बीमा कम्पनीहरुले चैत महिनामा मात्रै १० अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् भने चैत महिनामा मात्रै यी कम्पनीहरुले २ अर्ब ८९ करोड प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

समितिको तथ्याङक अनुसार यस अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २६ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको चैत महिनासम्ममा १२ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

Prabhu
Crest

तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १० अर्ब १३ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनियन लाइफले ६ अर्ब १५ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।
त्यस्तै, यस अवधिसम्ममा एशियन लाइफले ५ अर्ब १३ करोड ३० लाख रुपैयाँ, मेट लाइफले ४ अर्ब ३ करोड ४० लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ५० करोड ५२ लाख रुपैयाँ, प्राइम लाइफले ३ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ, सूर्या लाइफले ३ अर्ब ६३ करोड ६९ लाख, सन नेपाल लाइफले ३ अर्ब ३ करोड ८३ लाख,रिलायबल नेपाल लाइफले २ अर्ब ९९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी यस अवधिमा ज्योति लाइफले २ अर्ब ६३ करोड ११ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ३८ करोड ८६ लाख रुपैयाँ,गुराँस लाइफले २ अर्ब ३३ करोड ३३ लाख, रिलायन्स लाइफले २ अर्ब ४ करोड ८३ लाख, सानिमा लाइफले १ अर्ब ७३ करोड २३ लाख, प्रभु लाइफले १ अर्ब ४७ करोड ९२ लाख रुपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब ८ करोड १४ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गर्न सफल भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS