Connect IPS
IME Life

तीन विदेशी बीमा कम्पनी मेट लाइफ, नेशनल र ओरिएण्टलले ६ अर्ब ८० करोड पूँजी ल्याउनु पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विदेशी बीमा कम्पनीको शाखा कार्यालयको रुपमा सञ्चालित तीन बीमा कम्पनीहरु मध्ये दुई वटा निर्जीवनले भने अझै क्यापिटल प्लान बुझाएका छैनन् । मेट लाइफले पूँजी बृद्धि योजना पेश गरे पनि ओरिएण्टल र नेशनलले भने बाँकी छ ।

मेट लाइफले अन्य कम्पनीहरुको जस्तो बोनस शेयर हकप्रद शेयर निष्काशन गर्ने योजना बनाएको छैन । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयको रुपमा सञ्चालित मेट लाइफले आफु शाखा कार्यालय भएको हुँदा अन्य कम्पनीलाई जस्तो व्यवहार नगरिदिन अनुरोध गरेको छ ।

Prabhu
Crest

कम्पनीले जगेडा कोषमा न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउने योजना भने उल्लेख गरेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको मुनाफालाई जगेडा कोषमा जोडिसके पछि नपुग रकम केन्द्रिय कार्यालयबाट भित्र्याउन सकिने कम्पनीले योजनामा उल्लेख गरेको छ ।

बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ को दफा ८ मा विदेशी बीमकको पूँजी सम्बन्धी व्यवस्था रहेको छ । गत चैत १० गते संशोधन भएको उक्त निर्देशिका अनुसार विदेशी बीमा कम्पनीले पूँजी बराबरको कोष तयार पार्नु पर्ने  व्यवस्था गरेकोछ । विदेशी बीमा कम्पनीहरुले पनि २०७९ चैत मसान्तभित्र ५ अर्ब बराबरको पूँजी कोष बनाउनु पर्ने भएकाले मेट लाइफले चालु आर्थिक वर्षको मुनाफाबाट जगेडा कोषमा जाने रकममा नपुगेको पूँजी केन्द्रिय कम्पनीबाट ल्याउने उल्लेख गरेको छ । यस आधारमा मेट लाइफले कम्तिमा पनि २ अर्ब ४३ करोड रुपैयाँ आवस्यक पर्छ ।

विदेशी बीमा कम्पनीले निर्धारित पूँजी कायम नगरेसम्म कुनै पनि प्रकारको लाभांश घोषणा गर्न र वितरण गर्न नपाउने व्यवस्था गरिएको छ । भारतीय बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनी र ओरिएण्टलले भने अहिलेसम्म पनि क्यापिटल प्लान बुझाएका छैनन् ।

नेशनलको जगेडा कोषमा जम्मा ३८ करोड २५ लाख रुपैयाँ मात्रै छ । कम्पनीले २०७९ चैत मसान्तभित्र बाँकी पूँजी भित्र्याउनु पर्ने देखिन्छ । यस आधारमा कम्पनीलाई थप २ अर्ब ११ करोड रुपैयाँ आवस्यक पर्ने देखिन्छ । अर्को विदेशी बीमा कम्पनी ओरिएण्टलको जगेडा कोषमा २४ करोड ८४ लाख रुपैयाँ मात्रै रहेको छ । कम्पनीले केन्द्रिय कार्यालयबाट २ अर्ब २५ करोड रुपैयाँ पुर्याउनु पर्नेछ । यदि तीन वटै कम्पनीले केन्द्रिय कार्यालयबाट रकम ल्याएनन् भने उनिहरुले वर्षौसम्म पनि पूँजी जुटाउन सक्ने देखिदैनन् ।

यस आधारमा तीन वटा बीमा कम्पनीहरुले पछिल्लो समय तोकिएको न्युनतम पूँजी तयार पार्नका लागि कम्तिमा पनि ६ अर्ब ८० करोड रुपैयाँ भित्र्याउनु पर्ने देखिन्छ । बीमा समितिले पूँजी बढाएर कम्पनीहरुको क्षमता बढाउन चाहिरहेको छ । समितिले यसलाई कडाइका साथ लागु गर्ने हो भने तीन विदेशी बीमा कम्पनीका शाखाले नेपालमा साढे ६ अर्ब रुपैयाँ भन्दा धेरै रकम भित्र्याउनु पर्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS