IME Life
GBIME

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आज हुँदै, ७.३६८% लाभांश पारित हुने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २०औंवार्षिक साधारण सभा बैशाख ११ गते गर्ने भएको छ । कम्पनीको गत चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा पर्साको दियालो लर्डस प्लाजा वीरगञ्जमा दिउँसो १२ः ३० बजे गर्ने कम्पनीले जनाएको छ ।

साधारण सभाबाट कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट प्रस्तावित ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

Crest

सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २४ गते एक दिन बुक क्लोज गर्नेछ । यस आधारमा चैत २३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS