Connect IPS
IME Life

आजसम्म शेयर किन्नेले एभरेष्ट इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा सभा प्रयोजनका लागि बैशाख १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण बैशाख ११ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest
सभाले संचालक समितिको तर्फाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/ ७८ को लेखा परीक्षक गर्न बाह्य लेखापरीक्षको नियुक्ती तथा पारीश्रमिक निर्धारण गर्ने, वर्तमान लेखापरीषक श्री एम जि एस एण्ड एसोशिएट्स चार्टर्ड एकाउन्टेन्ट्स पुन नियुक्ती हुन योग्य रहेको प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले संस्थापक शेयरधनी समुह क बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनी समुह ख बाट २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गरी ३ अर्ब पुर्याउने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी संचालक समितिलाई दिइएको सम्पुर्ण अधिकारलाई निरन्तरता दिनेछ ।

त्यसैगरी कम्पनीको प्रबन्धपत्र र नियमावलीमा गरिने संशोधन थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन तथा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
साथै कम्पनी ऐन २०६३ को दफा १०५ को १ (ग) बमोजिम आर्थिक वर्ष २०७७ /७८ को चन्दा तथा सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS