SKIP THIS

MLBL
IME Life
Beema Board

सन नेपाल लाइफको चौथो वार्षिक साधारण सभा सम्पन्न, ४ संचालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा हायात प्लेस, ताहाचल, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले संचालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण वार्षिक प्रतिवेदन, हिसाब नगद प्रवाह, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित  गरेको छ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षक सुशिल एण्ड एशोसिएटस् चार्टर्ड एकाउन्टेन्स सुशिल घिमिरेको नियुक्ती र निजको पारिश्रामिक निर्धारण गर्ने, कम्पनीको पूँजी वृद्धि गर्ने प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरु अनुज कयाल, सशांक अग्रवाल, किरण केसी र नारायण रुगटा सभाबाट निर्विरोध निर्वाचित भएका छन्। साथै, सभाले नियमनकारी निकायबाट संशोधन सम्बन्धमा कुनै सुझाब वा निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS