Connect IPS
IME Life

२१ कम्पनीले मात्रै बुझाए क्यापिटल प्लान, बाँकीलाई आइतबारसम्म पेश गर्न समितिको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिमा जम्मा २० वटा कम्पनीले मात्रै क्यापिटल प्लान बुझाएका छन् । समितिका अनुसार १० वटा जीवन र ११ वटा निर्जीवन बीमा  कम्पनीले पूँजी बृद्धि योजना पेश गरेका छन् । बाँकी १९ वटा कम्पनीलाई आइतबारसम्ममा योजना पेश गर्न निर्देशन दिइएको छ ।

समितिले गत चैत १० गते एक महिना भित्रमा क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको थियो । सोहि अनुसार कम्पनीले बैशाख १० गतेसम्म योजना पेश गर्नेु पर्ने थियो तर भोलि १० गते शनिवार परेकाले आइतबारसम्म समय दिइएको हो । २०७९ चैत मसान्त भित्रमा जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब रुपैयाँ पुर्याउने पर्नेछ ।

Prabhu
Crest

जीवन तर्फ सूर्या लाइफ, नेशनल लाइफ, एशियन लाइफ, महालक्ष्मी लाइफ, मेट लाइफ, एलआइसी नेपाल, सानिमा लाइफ, सिटिजन लाइफ, गुराँस लाइफ र रिलायन्स लाइफले पेश गरेका हुन् । त्यस्तै निर्जीवन तर्फ सानिमा जनरल, आइएमई जनरल, एभरेष्ट, प्रुडेन्सियल, नेको, लुम्बिनी, शिखर, नेपाल इन्स्योरेन्स, सगरमाथा, जनरल र अजोड रहेका छन् ।

महालक्ष्मी लाइफले संस्थापक समुहको तर्फबाट पूँजी बढाएर आइपिओ निष्काशन गर्ने र त्यस पछि बाँकी पूँजीका लागि मर्जरको योजना पेश गरेको छ । सोहि अनुरुप कम्पनीले आगामी बैशाख २५ गते विशेष सधारणसभा बोलाएको छ । प्राथमिक शेयर निष्काशन गर्न बाँकी कम्पनीले सुरुमा प्रि-आइपिओ निष्काशन गर्ने र त्यस पछि कायम पूँजीमा सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने र जगेडा कोषमा भएको रकमबाट बोनस शेयर दिने प्रस्ताव पेश गरेका छन् । त्यस पछि पनि बीमा समितिले अनुमति दिएका खण्डमा थप हकप्रद शेयर निष्काशन गरेर ५ अर्ब पुर्याउने योजनामा कम्पनी छन् ।

अधिकाम्स बीमा कम्पनीले ‘प्लान ए’ हकप्रद र ‘प्लान वि’ मा मर्जर भन्दै योजना पेश गरेको बीमा समितिले जनाएको छ । पुराना र आइपिओ निष्काशन गरेका बीमा कम्पनीहरुले सबैभन्दा पहिला बोनस शेयर दिने र नपुग पूँजीका लागि हकप्रद शेयर निष्काशन गर्ने उल्लेख गरेका छन् ।

अमेरिक बीमा कम्पनी मेट लाइफले भने यस पटक पनि चुक्ता पूँजी जुटाउन नसकिने जानकारी दिएको छ । शाखा कार्यालयको रुपमा रहेको हुँदा चुक्ता पूँजी बराबरको जगेडा कोष बनाउने योजना पेश गरेको छ । कम्पनीले चलाउन नमिल्ने गरी ५ अर्बको पूँजी कोष बनाउने बरु उक्त पूँजी नपुगेसम्म लाभांश नलैजाने योजनामा उल्लेख छ ।

बीमा समितिले सोमबारदेखि मात्रै पूँजी बृद्धि योजना पेश गर्ने कम्पनीहरुको योजनालाई अध्ययन गर्ने जनाएको छ । एक चरणमा सबैको योजना हेरिसके पछि समितिले आवश्यक कदम चाल्ने कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS