IME Life
Beema Board

आइएमई जनरल मार्फत रामेछाप जिल्लामा पहिलो पटक जुनारको बीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत रामेछाप न.पा. वडा नं..०६ पुरानागाउँमा जुनारको बीमा गरिएको छ ।

जुनार किसान शेर बहादुर तमाङको २३५ बोट, हेम बहादुर तमाङको २५० बोट र पृथे तमाङको १३० बोटको जुनार बीमालेख आइएमई जनरल इन्स्योरेन्स लि ले किसानको बगैंचमा नै गएर हस्तान्तरण गरेको हो । उक्त जुनारको पिसिआर परिक्षण राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटा प्रयोगशालामा गरिएको थियो ।

Prabhu
Crest

उक्त रिपोर्ट नेगेटिभ आएपछि र बगैंचाको जुनारको बोट स्वस्थ भएको हुदा फलफुल बीमा गर्न योग्य भएको जानकारी प्रधानमन्त्री आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए । परियोजना कार्यालयले जुनार बगैंचामा रोग लाग्न नदिनका लागी १० जना व्यक्तिलाई किसानको जुनार बगैंचामा गएर विषादी छर्ने टोली बनाइएको गैरेले बताए ।

उक्त बीमालेख आइएमई जनरल इन्स्योरेन्स लि. का शाखा प्रमुख विपिन भट्टराइले किसानको फलफुल बगैंचामै गएर जुनार बीमालेख हस्तान्तरण गरेका हुन् ।

जुनारको बीमा गरेपछि कृषकहरु थप उत्साहित भएका छन । कुनै कारणबाट जुनार खेतीमा हानीनोक्सानी भएमा अधिकतम बीमाङक रकमको सिमा भित्र रही वास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी गरिने आइएमई जनरल इन्स्योरेन्सले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS