काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर बाँडफाँड गरेको छ । हकप्रद शेयरको लागि रितपूर्वक आवेदन दिने २७ हजार ७१० जनालाई ५१ लाख ९७ हजार ८५१ कित्ता बाँडफाँड गरिएको हो ।
कम्पनीले चैत एक गदेखि २१ गतेसम्म १० कित्ता बराबर तीन कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँका दरमा ५२ लाख ७५ हजार ५७२ कित्ता शेयर जारी गर्दा ७७ हजार ७२१ कित्ताको लागि आवेदन नपरेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ । कम्पनीले नविकेको हकप्रद बोलकबोल मार्फत बिक्री गर्नेछ ।