काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ७ हजार ३९४ दशमलव २१ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले करुणा सिंह मल्लको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्री गर्न लागेको हो ।
शेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँमा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न आग्रह गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा सर्वसाधारणलाई विक्री गरिने बैंकले जनाएको छ ।