IME Life
Beema Board

लगानीकर्ताको अस्थिर मानसिकताले तिव्र उतारचढाव, नेप्से सूचक १३ अंकले सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मंगलबार शेयर बजार खुलेको केहि समयमै घट्न थाल्यो । तर मध्यान्ह १२ बजे पछि विस्तार बाउन्स व्याक हुँदै २३ अंकले सुधार भयो । तर बजार खासै तग्न सकेन । बजार अझै तल झर्न सक्ने लगानीकर्ताको अनुमानले मंगलबार दोस्रो बजारमा तिव्र उतारचढाव देखियो । अन्ततः नेप्से सूचक १३.३७ अंकको सुधार सहित बन्द भएको छ ।

प्राविधिक विश्लेषकहरुले अहिलेको अल्पकालिन बियरिस ट्रेण्ड २२५० देखि २२८० को विन्दुबाट फर्कने अनुमान गरिरहेका छन् । तर आजको कारोबारलाई हेर्दा बजार फर्किन खोजेको हो कि जस्तो देखिएको एक विल्लेषकले बताए । बजार घट्नका प्रमुख कारणहरुमा अझै पनि सुधार नभइसकेको हुँदा आजैदेखि सुधार भयो भनेर भन्न भने नमिल्ने उनको भनाइ छ ।

Prabhu
Crest

मंगलबार कारोबारको पछिल्लो समयमा मात्रै सुधार देखिएकाले कारोबार रकम खासै बढ्न सकेन । आज एक अर्ब ३२ करोड रुपैयाँको कारोबार हुँदा सम्पुर्ण सूचकमा सुधार देखिएको छ । शेयर बजार धेरै नै तल झरिसकेको हुँदा लगानीकर्ताहरु सस्तोमा शेयर खरिद गर्ने पर्खाइमा छन् ।

विद्यमान लगानीकर्ताको शेयर खरिद गर्ने क्षमता धेरै नै घटिसकेको हुँदा शेयर बजार अधिकतम विन्दुमा हुँदै बिक्री गरेर फर्किएका लगानीकर्ताहरु फर्किने सम्भावना बढेको छ । नेपाल सरकारले आयातमा कडाइ गर्ने नीति लिए सँगै नेपाल राष्ट्र बैंकले एलसीमा रोक लगाएको हुँदा ठुला व्यापारीहरुले बजारबाट संकलन भएको पैसालाई पुनः शेयर बजारमा लगानी गर्न सक्ने देखिन्छ । यदि उनिहरुले आफु सँग भएको लिक्वीड पैसा शेयर बजारमा ल्याए पनि एक लट बजार बढ्न सक्ने अनुमान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS