IME Life
Beema Board

शेयर बजार वियरिस ट्रेण्डमा : थपौ पैसा छैन बेचौ सकिदैन ! (बजार विश्लेषण)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार बढ्ने सिजनमा पनि घट्न थाले पछि प्राविधिक विश्लेषकहरुले ‘बजार वियरिस ट्रेण्ड’मा फसेको विश्लेषण गर्न थालेका छन् । सामान्यतया हरेक बैशाख महिनामा बजार सुधार हुने गर्छ । तर पछिल्ला दिनमा एक दिन बजार सुधार हुँदा चार दिन घट्ने गरेको छ ।

प्राविधिक विश्लेकहरुले बजार २८/२९ सयको विन्दुबाट तल झर्न थाले पछि २५ सयको विन्दुसम्म तल झर्ने विश्लेषण गरेका थिए । तर दुर्भाग्य २५ सयमा पनि बजार टिक्न नसकेकाले अवको बजारको तल्लो आधार विन्दु २२६० देखि ८० सम्म हुने अनुमान गरेका छन् ।

Prabhu
Crest

विश्लेषकहरुले यस भन्दा अगाडीको सबैभन्दा तल्लो विन्दु गत डिसेम्बर १३ को २२८१ लाई आधार मानेका छन् । त्यसैले उनिहरुले अहिलेको डाउनफल २२५० सम्म तल झर्न सक्ने अनुमान गरिरहेका छन् । क्याण्डलस्टिकको स्याडो र बडीलाई हेर्दा अवको आधार २२६० देखि २२८० को विन्दु रहेको उनिहरु बताउछन् । ‍त्यतिन्जेल बजार अझै तल झर्छ वा सुधार हुन्छ भनेर भन्न नसकिने उनिहरुको भनाई छ ।

प्राविधिक विश्लेषकहरुको यहि विश्लेषणले आइतबार र सोमबार बजार थप तल झर्यो । लगानीकर्ताहरु २४/२५ सयको आधार विन्दुमा बजार कित्तीको थामिन सक्छ भनेर हेरिरहेका थिए । तर यसमा नथामिए पछि उनिहरु खरिद गर्ने भन्दा पनि अझै कति तलसम्म झर्छ हेर्ने अनि मात्रै निर्णय गर्ने सोचमा पुगेका हुन् ।

बजारका कतिपय विश्लेषकहरु भने अहिलेको बजारलाई प्राविधिक भन्दा पनि सैद्धान्तिक कारणले घटेको बताउछन् । उनिहरुका अनुसार शेयर बजार सुधारको सबैभन्दा महत्वपुर्ण आधार बैंक व्याजदर र तरलता हो । बैंकहरुको आधार व्याजदर बढिरहेको छ । अर्को तर्फ बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा छन् । सिडी रेसियो नै ९०.४३ प्रतिशत छ । बैंकहरुले यहि असार मसान्त भित्र सिडी रेसियो ९० प्रतिशतमा झार्नु पर्नेछ । अहिले नै नियम भन्दा माथि भएकाले बैंकहरुको कर्जा प्रवाह ठप्प छ ।

विप्रेषण आप्रवाह, वैदेशिक मुद्राको सञ्चिती लगातार घटिरहेकोले अवको केहि समय पछि नेपालले आयात नै गर्न नसक्ने विश्लेषण हुँदै आइरहेको छ । त्यसैले नेपाल सरकारले आयातलाई नियन्त्रण गरिरहेको छ । ट्रेजरी विलको दर एकदमै धेरै माथि गइरहेको छ । बजारलाई सुधार गर्ने भन्दा घटाउने सूचनाको हाबी भएको हुँदा अहिले हातमा पैसा भएका लगानीहरु समेत शेयर खरिद गर्न सकिरहेका छैनन् । अर्को तर्फ बजार अझै तल झर्न सक्ने अनुमान लगाउदै लगानीकर्ताहरु शेयर बिक्री गरिरहेका छन् ।

धेरै ट्रेडरहरु अहिलेको अवस्थामा फसिरहेका छैनन् । अधिकतम विन्दुमा शेयर खरिद गरेका ट्रेडरहरुको पैसा एभरेजिङ गर्दा गर्दै सकिसकेको छ । उनिहरु अलिकति पनि शेयर खरिद गर्न सक्ने अवस्थामा छैनन् । जसले गर्दा पछिल्ला दिनमा एक अर्ब हाराहारीमा मात्रै शेयर खरिद बिक्री भइरहेको छ । समग्र अर्थतन्त्र र बजारको अवस्थालाई हेर्दा शेयर खरिद गरिहाल्ने अवस्था पनि छैन भने अर्को तर्फ शेयर बिक्री गरेर चरम नोक्सान सहन सक्ने अवस्थामा पनि छैन । त्यसैले अधिकाम्स लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा छन् । बजार धेरै तल्लो विन्दुमा छ अव खरिद गर्दा केहि विग्रिदैन भन्ने लाग्दा लाग्दै पनि हातमा पैसा नभएकाले शेयर उठाउन सक्ने अवस्था नभएकाले अहिले लगानीकर्ताहरु सिथिल अवस्थामा छन् ।

यति हुँदा हुँदै पनि केहि सैद्धान्तिक विश्लेषकहरु भने अवको केहि दिनमै बजार फर्किने अनुमान गरिरहेका छन् । उनिहरुका अनुसार पछिल्ला दिनमा अर्थमन्त्री जुन किसिमले नेपालमा कालोधन भित्र्याउने प्रयत्नमा छन् । त्यसै हिसावले उनिले बजारमा कालोधन भित्र्याउन सकेका खण्डमा त्यो पैसा सबैभन्दा पहिला शेयर बजारमा आउने भएकाले केहि हदसम्म बजार सुधार हुने अपैक्षा गरिएको छ ।

गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दशन शर्माको विचमा जुन किसिमको विवाद थियो त्यसको प्रमुख कारण कालो धन भित्र्याउने विषयमा थियो भन्ने आलोचना भइरहेको छन् । आलोचकहरुका अनुसार अर्थमन्त्रीले यसरी ल्याउन चाहेको रकम अवको केहि महिना भित्रमा बाहिर आउने र त्यसले बजारमा तलता बढाउन मद्दत गर्ने आरोप लाग्दै आएको छ ।

सरकारले आयातलाई गरिरहेको कडाइको अन्तिम नतिजा आगामी जेठमा देखिने भएकाले अहिले देखिएको आर्थिक संकटको सूचकहरु आगामी जेठबाट कमि हुँदै जाने भएकाले अझै केहि समय बजार तल्लो विन्दुमा रहने र त्यस पछि बल्ल सुधार हुने विश्लेषकहरु बताउछन् ।

सरकारले यहि बैशाख ३० गते स्थानीय निकायको चुनाव गर्दै छ । स्थानीय निकायको चुनावमा पनि केहि कालोधन बाहिरिन सक्ने हुँदा त्यसले पनि बैंकिङ प्रणालीमा विस्तारै तरलता बढ्ने अनुमान गरिएको छ । बजार सुधार हुने अन्तिम सूचक भनेको बैंक व्याजदर र तरलता नै हो । जवसम्म लगानीकर्ताहरुमा व्याजदर घट्यो भन्ने सूचना प्रवाह हुँदैन तवसम्म बजार सुधार हुने अवस्था रहदैन । त्यसैले अझै केहि समय बजार डाउन फलकै अवस्थामा रहने प्राविधिक तथा सैद्धान्तिक विश्लेषकहरुको विश्लेषण छ ।

अहिले लगानीकर्ताको कन्फिडेन्स लुज भएको छ । तत्काल कन्फिडेन्स बढ्ने कुनै आधार नभएको हुँदा प्राय विश्लेषक तथा लगानीकर्ताहरु निरास देखिन्छन् । यसका लागि सरकारले लगानीकर्ताको कन्फेडेन्स बढाउन वैदेशिक लगानी भित्र्याउन सक्नु पर्छ । हुण्डी जस्ता रेमिट्यान्सका च्यानललाई अन्त्य गर्दै फर्मल च्यानलबाट रेमिट्यान्स भित्र्याउन सक्नु पर्नेछ ।

सरकारले अझै पनि पूँजीगत खर्च गर्न सकिरहेको छैन । पूँजीगत खर्च बढाउन सरकारले जोड गर्नुपर्नेछ । जतिसक्दो निर्माण कार्यलाई अगाडी बढाएर बजारमा पैसा आउने वातावरण बनाउनु पर्छ । अहिले सरकारले अन्य अन्य कुरा गरेर पूँजीगत खर्च बढाउने तर्फ ध्यान दिइरहेको छैन ।

अहिले किन्ने बेला कि बेचेर स्टप लस गर्ने

विश्लेषकहरुक अनुसार अहिले हातामा पैसा हुनेहरुले विस्तारै किन्ने वेला हो । यदि तपाईको दोस्रो बजारमा लगानी छैन तर हातमा तरल पैसा छ भने हरेक महिनामा २०/२५ प्रतिशत गर्दै लगानी गर्दै जानु राम्रो हुन्छ । तर तपाई सँग तरल पैसा छैन र तपाईको पैसा बजारमा फसेको छ भने ऋण गरेर एभरेजिङ गर्ने वेला होइन । बजारमा फसेका लगानीकर्ताले शेयर बजारको माहोल कुरेर बस्नु पर्ने बेला रहेको विश्लेषकहरु बताउछन् । यदि बजारमा तरलता सहज हुँदै जाने र व्याजदर घट्ने अवस्था आयो भने मात्रै बजार सुधार हुन्छ भन्न सकिने अन्यथा बजार बढ्छ भनेर हत्तपत्त एभरेजिङ गर्ने तथा थप शेयर खरिद गर्ने वेला होइन ।

यदि यस समयमा कुनै पनि बजार विश्लेषक वा ठुला लगानीकर्ताले अव शेयर खरिद गर्ने बेला हो अव किनौ भन्छ भने उ शेयर बिक्री गरेर बाहिरिन खोज्दैछ है भन्ने बुझ्नु पर्ने एक विश्लेषकले बताए । उनका अनुसार यदि ठुला लगानीकर्ताले बजार अझै घट्छ भन्दै पेनिक बनाउन खोज्दै छन् भने उसले बजार घटाउन खोजिरहेको भन्ने बुझ्नु पर्छ । त्यसैले अहिलेको अवस्थालाई नजिकबाट नियालेर समग्र अवस्थाको विश्लेषण पछि मात्रै खरिद गर्नु पर्ने विश्लेषकहरुको सुझाव छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS