SKIP THIS

MLBL
IME Life
Beema Board

दोर्दी खोला जलविद्युत कम्पनीले बैशाख १३ गतेदेखि आइपीओ निष्काशन गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले बैशाख १३ गतेदेखि आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आइपीओ विक्री गर्न लागेको हो ।

कम्पनीले स्थानीयमा जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका कुल १० लाख ५४ हजार २६० कित्ता आइपीओ विक्री गर्न लागेको हो ।

Prabhu
Crest

कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका (साविकको भारते,अर्चलबोट, श्रीभञ्ज्ङ, नौथर पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१–८) गा.वि.स) लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

स्थानीयले छिटोमा वैशाख २७ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ११ गतेसम्म यो आईपीओ विक्रीमा रहनेछ ।

आइपीओ खरीदका लागि सिद्धार्थ बैंक, बेसीशहर शाखा लमजुङ, ग्लोबल आइएमई बैंक, सेराबजार, दोर्दी शाखा, कामना विकास बैंक, बेसीशहर शाखा, लमजुङ, मुक्तिनाथ विकास बैंक, बेसीशहर शाखा, लमजुङ र एनएमबि बैंक, बेसीशहर शाखा, लमजुङबाट आवेदन दिन सकिनेछ ।

साथै, आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS