काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य उकालो लागेको छ । आज छावापाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुनको मूल्य १ लाख १ हजार ५ सय रुपैयाँ जारी भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदी तोला १४ सय १५ रुपयाँ कारोबार भइरहेको छ ।