IME Life

डिपि सेवा प्रदायकले शेयर लगानीकर्तालाइ दिंदैछन् निःशुल्क बीमा सेवा

SPIL
NIC ASIA

काठमाडौं । धितोपत्र लगानी व्यवस्थापन सम्बन्धि सेवा प्रदायक कम्पनीहरुबीच प्रतिस्पर्धा बढ्दै जाँदा आम उपभोक्ताले निःशुल्क सेवा देखि लिएर निःशुल्क दुर्घटना बीमा समेत प्राप्त गर्न थालेका छन् ।

धितोपत्र लगानी व्यवस्थापन सेवा प्रदायक डिपि ले ग्राहकला‌इ निःशुल्क डिम्याट खाता (अभौतिक शेयर खाता), लगानी व्यवस्थापन शुल्कमा निश्चित प्रतिशतसम्म रकम छुट, निश्चित प्रतिफलको सुनिश्चिततासहित आकर्षण गर्ने प्रयास गरिरहेका छन् ।

Prabhu
Crest

एशियन क्यापिटल लिमिटेडले डबल धमाका पोर्टफोलियो योजनाको घोषणा गरेको छ । यस योजना अन्तर्गत लगानी व्यवस्थापन अवधिभरको लागी आफ्ना ग्राहकलाइ लगानी रकम बराबरकै दुर्घटना बीमा सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । पुतलीसडक न्यूप्लाजाको डेजी भवनमा अवस्थित यो कम्पनीले १० मिनेटमै डिम्याट खाता खोल्ने ग्यारेन्टी समेत गरेको छ ।

नविल इन्भेष्टले पनि नयाँ वर्षको महा धमाका लगानी छानीछानी योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत संस्थागत लगानी परामर्श सेवा शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क म्यादी बीमा र घातक क्यान्सर रोग बीमा सेवा उपलब्ध गराएको छ । साथै ११ प्रतिशतभन्दा बढी प्रतिफलको प्रतिबद्धता व्यक्त गरेको छ ।

ग्लोबल आइएमइ क्यापिटलले रु‍ २५०० धरौटीमा आजीवन डिम्याट र मेरो शेयर खाता लगानी व्यवस्थापन सेवामा पचास प्रतिशत छुट र थप रु‍ एक हजारमा परिवारका अन्य सदस्यको समेत सहभागी गराउन सकिने सुविधाको घोषणा गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS