काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ५ पदका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले चिफ मार्केटिङ अफिसरमा १ जना र चिफ फाइनान्सियल अफिसर (कर्पोरेट अफिस) मा १ जना ३६ वटा शाख कार्यालयको लागि ब्रान्च म्यानेजर, चाटर्ड एकाउन्टेनका लागि केही, सीईओ कार्यालयमा कार्यकारी सचिवमा कर्मचारी मागको माग गरेको हो ।
यी विभिन्न पदका लागि शैक्षिक योग्यता स्नातकोत्तर उत्तिर्ण देखि सिए र एमबिएमा उत्तिर्ण गरेको तथा इन्स्योरेन्स क्षेत्रमा अनुभव भएको कर्मचारी मागेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आवश्यक कागजात संकलन गरी सुचना प्रकाशित भएको मितिले दुई हप्ता भित्र कम्पनीमा पठाउन आग्रह गरेको छ ।