काठमाडौं । २०७८ सालमा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो व्यापारलाई विस्तार गरेका छन् । आर्थिक वर्ष २०७८ सालमा फागुन महिनासम्मको तथ्याङकलाई हेर्दा कम्पनीहरुले राम्रो विजनेश गरेको देखिन्छ । कम्पनीहरुले २०७८ सालमा ३१ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल भएका छन् । कोरोना महामारीका बीच पनि कम्पनीहरुले आफ्नो व्यपारलाई बृद्धि गर्न सफल भएका हुन् ।
निर्जीवन बीमा कम्पनीहरुको आर्थिक वर्ष २०७८ को तथ्याङकलाई हेर्दा सबैभन्दा धेरै कुल बीमा शुल्क पुस महिनामा आर्जन गरेका थिए । कम्पनीहरुले पुस महिनामा ३ अर्ब ६७ करोड रुपैयाँ आर्जन गरेका थिए ।
२०७८ सालको बैशाख महिनामा मात्रै १ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । जेठ महिनामा यी कम्पनीहरुले १ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
त्यसैगरी असार महिनामा २० निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ५० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । साउन महिनामा कम्पनीहरुले २ अर्ब ९९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । भदौ महिनामा कम्पनीहरुले २ अर्ब ९६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, कम्पनीहरुको तथ्याङकलाई हेर्दा असोज महिनामा कम्पनीहरुले ३ अर्ब ३० करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । कार्तिक महिनामा कम्पनीहरुले २ अर्ब ८७ लाख ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । मंसिर महिनामा कम्पनीहरुले २ अर्ब ८४ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
माघ महिनामा कम्पनीहरुले २ अर्ब ७२ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए भने फागुन महनिाको तथ्याङकलाई हेर्दा कम्पनीहरुले ३ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।