काठमाडौं । आज पनि शेयर ३४ दशमलव ७८ अंकले घटेर २३८५ दशमलव ०२ को विन्दुमा कायम भएको छ । आज १३ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७७ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल एण्ड टुरिजम बाहेक सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया सेलेक्ट फण्डका इकाईधनीले ३ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् । प्राइम डिवेञ्चरका इकाईधनीले २ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ५९ प्रतिशतका दरले गुमाएका हुन् ।