Connect IPS
IME Life

बलेफी हाइड्रोपावरको आइपीओ नतिजा चार साइटबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने केही समयपछि मात्र हेर्न मिल्लने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ नतिजा ४ साइटबाट हेर्न सकिनेछ ।

आइपीओ नतिजा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट  https://www.globalimecapital.com/menu/ipo-fpo-share-allotment-check, सिडीएससीको मेरोशेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइटबाट http://iporesult.cdsc.com.np/र बलेफी हाइड्रोको वेबसाइट https://balephihydro.com/बाट हेर्न सकिनेछ ।

Prabhu
Crest

क्यापिटलका अनुसार आइपीओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएका थिए । जस मध्ये ३ हजार ६ सय ४० जनाको आवेदन रद्द भई २१ लाख ६८ हजार १ सय जना आवेदकको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराई आइपीओ बाँडफाँड गरिएको छ ।

जस अनुसार १ लाख ६६ हजार ३ सय ४५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । जसमा ३ जनाले १ कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा ३ जनाले ११ कित्ता शेयर पाएका छन् भने आवेदन दिएका मध्ये २० लाख ५ हजार ३ सय ९५ जना आवेदक हात खाली भएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS