Connect IPS
IME Life

कामना सेवा विकास बैंकको ब्राण्ड एम्बास्डरमा रवि लामिछाने नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवाविकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा नेपाली मिडिया जगतका चर्चित तथा लोकप्रिय पत्रकार रवि लामिछानेलाई नियुक्त गरेको छ । आज काठमाडौं स्थित अलोफ्ट होटलमा आयोजित एक समारोहमा रवि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न गरी औपचारिक रुपमा एम्बास्डर नियुक्त गरेको हो ।

बैंकका ब्राण्ड एम्बास्डर रवि लामिछानेले बैंकको पारिश्रमिक वापतपउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योती पु-याउने महान कार्यको लागि छुट्टउने घोषणा गरे ।

Prabhu
Crest

यसैगरी बैंकले नेपालको गीत संगीत क्षेत्रका प्रख्यात पप गायक सुगम पोखरेलसँग आधिकारिक भ्वाइस पार्टनरको रुपमा यस अगाडि गरेको सम्झौता समेत नवीकरण गरेको छ । सम्झौता पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको प्रचार–प्रसार लगायतका विभिन्न क्रियाकलापहरुमा सहभागी भई बैंकको पहिचान तथा साख वृद्धिमा दुवै व्यक्तित्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

यसै गरी यु आर एस नेपालका तर्फबाट कन्ट्री डाइरेक्टर प्रकाश पौडेलद्वारा कामना सेवा विकास बैंकलाई आई एस ओ ९००१ः२०१५ प्रमाणिकरणको प्रमाणपत्र गरे । कामना सेवाविकास बैंक नेपालकै आई एस ओ ९००१ः२०१५ प्रामाणित प्रथम विकास बैंक बन्न सफल भएको छ । यसले कामना सेवा विकास बैंकको गुणस्तर,व्यवस्थापन प्रणालीको सुरक्षा,दक्षता, योजना कार्यान्वयन,अपरेशन र संगठनको सुधार सम्बन्धी आवश्यकताहरु निर्दिष्ट गर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS